नौ दलको सरकार बन्ने, आजै मन्त्रिपरिषद् गठन र सपथ
बुधबार साँझ नै गठबन्धन बैठकमा मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो । कतिवटा भनेर भागवण्डा मिले पनि साना दल बाहेकको मिलाउन अझै बाँकी छ।
काठमाडौं, चैत १६ : सरकारमा नौ दलको सहभागिता हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ते तयारीमा छन् ।
सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएका कारण सरकार गठनमा अब कुनै बाधा छैन।
प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउन नेपाली कांग्रेसको कार्यसंपादन समिति बैठक बस्ने तयारी छ । साना दलहरुले नामको टुंगो लगाए पनि सरकारमा सामेल हुने राष्ट्रिय पार्टीले नाम तय गर्न बाँकी छ ।
बुधबार साँझ नै गठबन्धन बैठकमा मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो । कतिवटा भनेर भागवण्डा मिले पनि साना दल बाहेकको मिलाउन अझै बाँकी छ।
गठबन्धन बैठकमा कांग्रेसलाई आठ, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित पाँच, नेकपा एकीकृत समाजवादीलाई दुई, लोसपा १, नागरिक उन्मुक्ति पार्टी १, प्रभु शाह १, जनमतलाई थप १ राज्य मन्त्री, नेसपालाई १ र जसपालाई दुई मन्त्रालय दिन सहमति भएको थियो ।
कांग्रेसका एक नेताका अनुसार दलहरुले लिने मन्त्रालयको टुंगो लगाएर दलहरू पुनः एकपल्ट छलफलमा बस्ने तयारी छ।











