चितवन पुगेर प्रधानमन्त्रीले भने– ढिलोमा भोली बिहानसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ
चितवनको भरतपुर विमानस्थलको टर्मिनल भवन शिल्यान्यास गर्दै प्रधानमन्त्री दाहालले सबैकुरा मिलिसकेकाले मन्त्रिपरिषद् विस्तार शुक्रबार बिहानसम्म भइसक्ने बताए।
काठमाडौं, चैत १६ : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार ढिलोमा भोली बिहानसम्ममा हुने बताएका छन्।
चितवनको भरतपुर विमानस्थलको टर्मिनल भवन शिल्यान्यास गर्दै प्रधानमन्त्री दाहालले सबैकुरा मिलिसकेकाले मन्त्रिपरिषद् विस्तार शुक्रबार बिहानसम्म भइसक्ने बताए।
‘सबै कुरा मिलिसकेको छ। केही दलको नाम टुंग्याउन बाँकी छ,’ उनले भने, ‘आजै साँझ वा भोली बिहानसम्म क्याविनेट विस्तार हुन्छ।’
बुधबार साँझ बसेको सत्तारुढ गठबन्धनले मन्त्रालयको भागवण्डा टुंगो लगाएको थियो। जसअनुसार नेपाली कांग्रेसले आठ, नेकपा माओवादी केन्द्रले पाँच, नेकपा एस र जसपाले दुई–दुई र जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने छन्।
प्रधानमन्त्री दाहाले चितवनस्थित गौतमबुद्ध क्रिकेट स्टेडियम अलपत्र हुन नदिने प्रतिवद्धता समेत गरेका छन्।
प्रकाशित मिति: ११:३४ बजे, बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











