Kathmandu Press

मन्त्रिपरिषद् विस्तार टुंग्याउन गठबन्धन बैठक २ बजे पुनः बस्ने

प्रधानमन्त्री दाहालले नै अग्रसरता लिएर केही दलका तर्फबाट सरकारमा सहभागी हुनेको नाम करिब टुङ्गो लगाइदिएको जानकारी दिँदै नेता श्रेष्ठले सबै विषयमा मतैक्य भए आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताए।
मन्त्रिपरिषद् विस्तार टुंग्याउन गठबन्धन बैठक २ बजे पुनः बस्ने

काठमाडौं, चैत १६ : मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल  गृह जिल्ला चितवन गएकाले छलफल पुनः अपराह्न २ बजे हुने बताइएको छ।

‘जुन जुन दलको तर्फबाट मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्तिको नाम टुङ्गो लागेको छ, उहाँहरु पुनः आउनुपरेन । जसको टुङ्गिएको छैन, उहाँहरुले पुनः संस्थागतरुपमा निर्णय गरेर आउने सहमति भएको छ’, नेता श्रेष्ठले भने।

प्रधानमन्त्री दाहालले नै अग्रसरता लिएर केही दलका तर्फबाट सरकारमा सहभागी हुनेको नाम करिब टुङ्गो लगाइदिएको जानकारी दिँदै नेता श्रेष्ठले सबै विषयमा मतैक्य भए आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताए।

उनले भने, ‘कुन दलले के कति मन्त्रालय लिने भन्नेबारे सहमति भएको छ । त्यसलाई संस्थागतरुपमा निर्णय गरौं भनिएको हो ।’

बुधबारको बैठकमा नै नेपाली कांग्रेसले आठ, नेकपा माओवादी केन्द्रले पाँच, नेकपा एस र जसपाले दुई-दुई मन्त्रालय लिने सहमति भइसकेको छ । अन्य दलले एक÷एक मन्त्रालय लिने तय भएको छ।

बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताको सहभागिता थियो।

प्रकाशित मिति: ११:१० बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्