मिटरब्याजी पीडितलाई अबिलम्ब भेट्न प्रधानमन्त्रीलाई विश्वप्रकाश शर्माको आग्रह
उनले मिटरब्याजी पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई प्रधानमन्त्रीले अबिलम्ब भेट गर्नुपर्ने उनले बताए ।
काठमाडौं, चैत १६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंमा न्यायका लागि लडिरहेका मिटरब्याज पीडितहरुलाई अबिलम्ब भेट गर्न प्रधानमन्त्री पुष्पकमल दहाललाई आग्रह गरेका छन्।
बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गर्दै महामन्त्री शर्माले मिटरब्याज पीडितहरुलाई भेट्न ढिला गर्न नहुने बताउँदै प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेका हुन्।
उनले मिटरब्याजी पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई प्रधानमन्त्रीले अबिलम्ब भेट गर्नुपर्ने उनले बताए ।
उनले मिटरब्याजी पीडितहरुले उठाएका मुद्दाहरुको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसदमा छिटोभन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।
अहिलेको परिस्थितिमा मिटरब्याजी पीडितहरुको मुद्दा सम्बोधन गर्नु नै राजनीतिक दल र राज्यको कर्तव्य भएको उनले बताए ।