Kathmandu Press

चितवन लागे प्रधानमन्त्री, फर्किएपछि मन्त्रिपरिषद् विस्तार हुने

कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासका लागि प्रधानमन्त्री दाहाल चितवन गएका हुन्।
चितवन लागे प्रधानमन्त्री, फर्किएपछि मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं, चैत १६ : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग छलफल सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन प्रस्थान गरेका छन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासका लागि प्रधानमन्त्री दाहाल चितवन गएका हुन्।

चितवनबट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी दहालको छ। त्यसअघि सरकारको न्युनतम साझा कार्यक्रम पनि सार्वजनिक हुनेछ।

सत्तारुढ गठबन्धनका मन्त्रीको भागबण्डा टुंगो लालिसकेको र दलहरु मन्त्री बन्नेको नाम टुंगो लगाएर मन्त्रिपरिषद् आजै विस्तार हुनेछ।

प्रकाशित मिति: १०:३० बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्