राष्ट्रियसभा बैठक आज बस्दै
राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
काठमाडौं, चैत १६ : राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८,७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८, ७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८,७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८,०७९ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५,०७६, ०७६,०७७ र ०७७,०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: ०८:४० बजे, बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











