Kathmandu Press

सभामुखमा अग्नि सापकोटा निर्विरोध, माघ १२ गते घोषणा

काठमाडौं, माघ ७ :  सभामुख पदका लागि नेकपा सांसद अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ। उनी निर्विरोध बनेका छन्, अब माघ १२ गते प्रतिनिधिसभाले ....

सभामुखमा अग्नि सापकोटा निर्विरोध, माघ १२ गते घोषणा

काठमाडौं, माघ ७ :  सभामुख पदका लागि नेकपा सांसद अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ। उनी निर्विरोध बनेका छन्, अब माघ १२ गते प्रतिनिधिसभाले सभामुख भएको घोषणा गर्नेछ।

सभामुखका लागि मंगलबार उम्मेदवारी दर्ताको समय दिइएको थियो। यसमा कांग्रेस, राजपा र समाजवादीले उम्मेदवारी दिएका छैनन्। सापकोटाको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ।

मंगलबार बिहान ११ देखि दिउसो २ बजेसम्म तोकिएको समयमा उनको मात्रै उम्मेदवारी परेको हो। अब सभामुखका लागि मतदान हुनेछैन।

सभामुख निर्वाचनका लागि प्रतिनिधिसभाको बैठक माघ १२ गते बोलाइएको छ। त्यहि दिन निर्वाचन हुने कार्यतालिका रहेको थियो। एउटा मात्रै उम्मेदवारी परेकाले मतदान नहुने संसद सचिवालयले जनाएको छ।

माघ १२ गते ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बस्ने संसद बैठकले सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ।

यस अघि कृष्णबहादुर महरा पनि निर्विरोध निर्वाचित भएका थिए। कांग्रेसले यस पटक पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो।

 

प्रकाशित मिति: ०४:१९ बजे, मंगलबार, माघ ७, २०७६