Kathmandu Press

आज मन्त्रिपरिषद् विस्तारको तयारी, न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने

गठबन्धनमा कसले कति मन्त्रालय पाउने टुङ्गो लागेको छ । तर,  कुन दलले कुन–कुन मन्त्रालय पाउने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ । यस विषयमा आज छलफल गरी टुङ्गो लगाउने र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।
आज मन्त्रिपरिषद् विस्तारको तयारी, न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने

काठमाडौं, चैत १६ : मन्त्रालय भागबन्डामा सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्तागठबन्धनमा रहेका ११ मध्ये तत्काल नौ दल सरकारमा सहभागी हुने गरी मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

गठबन्धनमा कसले कति मन्त्रालय पाउने टुङ्गो लागेको छ । तर,  कुन दलले कुन–कुन मन्त्रालय पाउने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ । यस विषयमा आज छलफल गरी टुङ्गो लगाउने र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

हिजो बसेको गठबन्धनको बैठकमा कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भएको छ ।

जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सहभागी नभए पनि सत्तागठबन्धनले उसका लागि तीन मन्त्रालय सुरक्षित राखेको छ ।

यस्तै, आज मन्त्रिपरिषद् विस्तारसँगै सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजनिक गर्ने सत्ता गठबन्धनको तयारी छ । 

प्रकाशित मिति: ०७:४० बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्