Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै  

बैठक बिहान ११ बजे बीपी स्मृति भवन सानेपामा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका हुन् । 
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै  

काठमाडौं, चैत १६ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । 

बैठक बिहान ११ बजे बीपी स्मृति भवन सानेपामा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका हुन् । 

यसअघि चैत १४ गते मंगलबार बस्ने भनिएको बैठक आजका लागि सारिएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ । 

प्रकाशित मिति: ०७:१४ बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्