Kathmandu Press

‘माओवादी र नेकपा एसका नेता कांग्रेसको पछि लागेर कम्युनिष्ट सिध्याउन लागे’

ओलीले माओवादी अध्यक्ष दाहाल राजा ज्ञानेन्द्रसँग मिलेर दलहरुलाई सिध्याउन लागि परेको तर ज्ञानेन्द्रले कु गरेपछि बल्ल गणतन्त्रका कुरा गर्न थालेको तथा नेापलले आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिन अदालत धाएको र पार्टी विभाजनमा लागेको आरोप लगाए।
‘माओवादी र नेकपा एसका नेता कांग्रेसको पछि लागेर कम्युनिष्ट सिध्याउन लागे’

बुटबल, चैत १५ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्र र नेपाल एकीकृत समाजवादी पार्टीका नेताहरु कांग्रेसको पछि लागेर कम्युनिष्ट शक्तिलाई सिध्याउन लागेको बताएका छन्।

एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत बुधबार बुटबलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माओवादी र नेकपा एसका नेतालाई यस्तो आरोप लगाएका हुन्।

कार्यक्रममा उनले माओवादी अध्यक्ष तथा प्रधानमन्त्र पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालको पनि आलोचना गरे। ओलीले माओवादी अध्यक्ष दहाल तत्कालीन राजा ज्ञानेन्द्रसँग मिलेर दलहरुलाई सिध्याउन लागि परेको तर ज्ञानेन्द्रले कु गरेपछि बल्ल गणतन्त्रका कुरा गर्न थालेको बताए।

यस्तै, उनले आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिन अदालत धाएको र पार्टी विभाजनमा लागेको आरोप माधव नेपाललाई लगाए।

माओवादी र नेकपा एसका नेता लगत भएपनि कार्यकर्ता असल भएको भन्दै उनीहरुमा रहेको भ्रम हटाएर एमालेमा ल्याएर उचित जिम्मेवादरी दिँदै पार्टीलाई बनाउनु पर्ने बताए।

यस्तै, ओलीले देशमा लोकतन्त्र राजनीतिक अधिकारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा अवसर प्राप्त हुनुपर्ने बताए।

उनले लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने उल्लेख गरे। स्पष्ट दृष्टिकोण भएको, देश बनाउने दृष्टिकोणसहितको संकल्प बोकेको पार्टीले बहुमत पाउँदा मात्र देशमा स्थिरता, स्थायित्व र विकास सम्भव हुने तर्क पनि उनले गरे।

 

प्रकाशित मिति: १९:५५ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्