मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक सच्याउन सर्वोच्च बारको माग
प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेर गर्ने गरी राष्ट्रियसभामा हालै प्रस्तुत भएको विधेयकको सम्बन्धमा सर्वोच्च बारले आफ्नो ध्यानाकर्षण जनाउँदै सच्चयाउन अनुरोध गरेको हो।
काठमाडौं, चैत १५ : सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक न्यायपालिकाको गरिमा र सम्मान कायम राखी पूर्ववत रुपमा सच्चाउन माग गरेको छ।
बारले विधेयकलाई मर्यादाक्रम पूर्ववत रहने गरी सच्याउन अनुरोध गरेको अध्यक्ष हरिशंकर निरालाले बताए।
प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेर गर्ने गरी राष्ट्रियसभामा हालै प्रस्तुत भएको विधेयकको सम्बन्धमा सर्वोच्च बारले आफ्नो ध्यानाकर्षण जनाउँदै सच्चयाउन अनुरोध गरेको हो।
नेपालको संविधानले अंगिकार गरेको शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका र स्वतन्त्र न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य तथा मान्यता विपरीत उक्त विधेयक रहेको सर्वोच्च बारले ठहर गरेको छ ।
प्रकाशित मिति: १८:२६ बजे, बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार