Kathmandu Press

सत्तारुढ गठबन्धनमा टुंगो लाग्यो भागबन्डा, कुन दलले कति मन्त्री पाउने? 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले कुन दलले कति मन्त्रालय पाउने भन्ने टुंगो लगाएको हो। 
सत्तारुढ गठबन्धनमा टुंगो लाग्यो भागबन्डा, कुन दलले कति मन्त्री पाउने? 

काठमाडौं, चैत १५ : सत्तारूढ गठबन्धनमा आबद्ध १० दलले मन्त्रालयको भागबन्डा टुंगो लगाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले कुन दलले कति मन्त्रालय पाउने भन्ने टुंगो लगाएको हो। 

बैठकमा सहमति जुटेअनुसार नेपाली कांग्रेसले आठ मन्त्री पाउने भएकाे छ। कांग्रेसले एकजना राज्यमन्त्री रहेको बालुवाटार स्रोतले जनाएको छ। त्यसैगरी माओवादी केन्द्रले ५ मन्त्री पाउने भएको छ। जसमा एकजना राज्यमन्त्री हुने बताइएको छ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले २/२ वटा मन्त्री पाउने सहमति भएको छ। जनमत पार्टीकाे भागमा एक राज्यमन्त्री र एक मन्त्री परेका छन्।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), प्रभु साहको आम जनता पार्टी (आजपा) र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा) लाई पनि एकएक मन्त्रालय दिने सहमति जुटेको छ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) को भागमा एक मन्त्रालय परेको छ।  

मन्त्रिपरिषद २५ सदस्यीय हुन्छ। जसमा प्रधानमन्त्री एक जना, मन्त्री २१ जना र राज्यमन्त्री तीन जना हुन्छन्। माओवादी केन्द्र र जनमत पार्टी भने सरकारमै छन्।

१० दलका नेताहरुको बैठक बुधबार बिहान बैठक बिनानिष्कर्ष टुंगिए पनि साँझ बसेको बैठकले भागबन्डा टुंगो लगाएको हो। मन्त्रालयको भागबन्डा मिलेकाले बिहीबार दलहरुले मन्त्रीको नाम टुंग्याइसक्ने र साँझसम्म मन्त्रिपरिषद विस्तार हुने गठबन्धनका एक नेताले बताए।  

 

प्रकाशित मिति: १८:२७ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्