राष्ट्रपतिको आर्थिक सल्लाहकार नेपाल, कानुनी सल्लाहकार कुँवर
राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकारमा चिरञ्जिवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन्।
काठमाडाैं, चैत १५ : राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक र काकुनी सल्लाहरका नियुक्त गरेका छन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकारमा चिरञ्जिवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन्।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हुन्। उनले २०६४ भदौ देखि २०६५ मंसिरसम्म राष्ट्र बैंकको गभर्नरका रूमपा काम गरेका थिए।
प्रधानमन्त्रीको आर्थिक सललहकार, अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार, विश्व बैंकको स्कुल सपोर्ट कार्यक्रमको संयोजक, नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षका रुपमा समेत काम गरेको अनुभव नेपालसँग छ।
महान्यायाधिवक्ता र गण्डकी प्रदेश प्रमुख रहिसकेका कुँवर तीन दशकभन्दा लामो समयदेखि वकताल गर्दै आएका छन्। न्याय क्षेत्रमा निर्भिक, इमान्दार एवम् स्पष्ट वक्ताको रुपमा उनको पहिचान छ।
कुँवर डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्व अध्यक्षसमेत हुन्।











