मन्त्रालयको भागबन्डा मिलाउन गठबन्धनकाे बैठक जारी
सत्तारूढ गठबन्धनमा आबद्ध १० दलका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
काठमाडौं, चैत १५ : सत्तारूढ गठबन्धनमा आबद्ध १० दलका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
बैठकमा मन्त्रालयको भागबन्डा मिलाउन र साझा कार्यक्रम तय गर्न छलफल भइरहेको जनाइएको छ। १० दलका नेताहरुको बैठक आज (बुधबार) बिहान पनि बसेको थियो। तर बिनानिष्कर्ष टुंगिएको उक्त बैठक दिउँसो ३ बजे बस्ने भनिएको थियो। केही ढिला गरी बैठक सुरु भएको हो।
मंगलबार पनि गठबन्धनकाे बैठक बिनानिष्कर्ष टुंगिएको थियाे। कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३–३ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो।
साना दलहरुले बढी मन्त्रालय माग गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको जनाइएको छ। सहमति भए आजै केही मन्त्रीलाई शपथ गराउने तयारी गरिएको स्रोतले जनाएको छ।
मन्त्रालयको भागबन्डा मिलेपछि मात्र पूर्ण आकारको मन्त्रिपरिषद बन्ने एक नेताले बताए।
प्रकाशित मिति: १७:४४ बजे, बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











