Kathmandu Press

बुधबार ३४ जना थपिँदा कोरोना संक्रमितको संख्या सय नाघ्याे

पछिल्लो २४ घण्टामा १ हजार ३३० जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ। 
बुधबार ३४ जना थपिँदा कोरोना संक्रमितको संख्या सय नाघ्याे

काठमाडौं, चैत १५ : शून्यमा झरेको कोरोना पछिल्लो केही दिनयता बढ्दो क्रममा छ।

यसैक्रममा बुधबार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ। कोरोना सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १०३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा १ हजार ३३० जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ। 

मन्त्रालयले कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गर्दै ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, थकान महसुस हुने घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने जस्ता मिल्दाजुल्दा लक्षण देखिए जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न सुझाव दिएको छ। 

पछिल्लो २४ घण्टाको अवधिमा ६१ हजार १२९ जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:१९ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्