पक्राउ परेका चिनियाँ नागरिकद्वारा प्रहरी कार्यालयमा नाराबाजी
आज (बुधबार) पक्राउ परेका ९ जना चिनियाँ नागरिक १९ जनालाई परिसरले पत्रकार सम्मेलन गरेर जानकारी दिने क्रममा हत्कडीमा रहेका उनीहरुले नाराबाजी गरेर, सुतेर विरोध जनाएका हुन्।
काठमाडौं, चैत १५ : काठमाडौंको महादेवखोला र चण्डोलमा कार्यालय राखेर साइबर अपराध गरेको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले उपत्यका अपराध अनुसन्धान कार्यालयमा बानेश्वर परिसरमा नाराबाजी गर्नुका साथै त्यही नै सुतेर विरोध जनाएका छन्।
आज (बुधबार) पक्राउ परेका ९ जना चिनियाँ नागरिक १९ जनालाई परिसरले पत्रकार सम्मेलन गरेर जानकारी दिने क्रममा हत्कडीमा रहेका उनीहरुले नाराबाजी गरेर, सुतेर विरोध जनाएका हुन्।
उनीहरू तस्बिर खिच्न खोज्नेलाई दुर्व्यवहार पनि गर्न खोजेका थिए। उनीहरुले चिनियाँ भाषामा नाराबाजी गरेका थिए। पक्राउ गरेर हत्कडी लगाएपछि उत्तेजित हुने चिनियाँ नागरिकको पुरानै व्यवहार भएको एक प्रहरी अधिकारीले बताए।
ती चिनियाँ नागरिकले ह्वाट्स एपमा अनलाइनमार्फत व्यापारमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै धेरै नेपाली नागरिकलाई ठगेको पाइएको प्रहरीकाे भनाइ छ। उनीहरुबारे थप अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंबाट हुने बताइएको छ।