संसद् बैठकमा सांसद न्यून : सांसद खतिवडा
प्रतिनिधिसभाको आजको बैठकमा उनले संसद्मा हाजिर गर्ने र हिँड्ने प्रवृत्ति देखिएको बताए।
काठमाडौं, चैत १५ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसद्को सङ्ख्या न्यून देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उनले संसद्मा हाजिर गर्ने र हिँड्ने प्रवृत्ति देखिएको बताए।
'प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला। प्रतिपक्षी दलको पहिलो, दोस्रो, तेस्रो, चौथो लहरका कुर्सी खाली छन्। अन्त पनि पहिलो र दोस्रो लहरका कुर्सीमा सांसदहरु हुनुहुन्न,' उनले भने, 'संसद् हाजिर गर्ने र हिँड्ने (हाटा) माध्यम नबनोस्।'
प्रकाशित मिति: १६:३४ बजे, बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











