Kathmandu Press

तीन मन्त्रालय पाउनुपर्ने नेकपा एसकाे अडान कायमै

पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले तीनवटा मन्त्रालयमा पार्टीको अडान रहेको भन्दै मन्त्रालयको निश्चित नभएसम्म सरकारमा नजाने निर्णय गरेको हो।
तीन मन्त्रालय पाउनुपर्ने नेकपा एसकाे अडान कायमै

काठमाडौं, चैत १५ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले तीन मन्त्रालय पाउनुपर्ने अडान कायमै राखेको छ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले तीनवटा मन्त्रालयमा पार्टीको अडान रहेको भन्दै मन्त्रालयको निश्चित नभएसम्म सरकारमा नजाने निर्णय गरेको हो।

बैठकपछि समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले तीन वटा मन्त्रालयको अडानका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको र प्रधानमन्त्रीको जवाफ पर्खिएको बताए।

उनले प्रधानमन्त्रीको जवाफ आउनेबितिकै पार्टीका तर्फबाट नाम पठाउने जानकारी दिए। उनले तीन मन्त्रालय नदिएसम्म सरकारमा सहभागी हुनेको नाम नखुलाउने र सरकारमा पनि नजाने स्पष्ट पारे।

खतिवडाले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख निर्वाचनमा पार्टीले धेरै त्याग गरेको र आफुहरुलाई पनि सरकारमा सम्मानजनक हैसियतमा सहभागी गराउनुपर्ने धारणा राखे। 

प्रकाशित मिति: १६:११ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्