चैतेदसैंका अवसरमा शक्तिपीठहरूमा भक्तजनको घुइँचो (तस्बिरहरू)
यी शक्तिपीठहरुमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि भक्तजन आउँछन्।
काठमाडाैं, चैत १५ : हिन्दु धर्मावलम्बीले चैतेदसैं धुमधामले मनाउने गरेका छन्। चैत्र शुक्ल अष्टमी मनाइने चैतेदसैंको मुख्य दिन आज (बुधबार) हो।
आज बिहानैदेखि देशका विभिन्न भूभागमा रहेका भगवती शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ।
चितवनको विक्रमबाबा मन्दिर, बागलुङको कालिका मन्दिर, तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिर,पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिर, दाङको घोराही– १८ मा रहेको अम्बिकेश्वरी मन्दिर, अर्घाखाँचीको सुपा देउराली मन्दिरलगायतमा भक्तजनको घुइँचो लागेको छ।
यी शक्तिपीठहरुमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि भक्तजन आउँछन्।
 (1)1680085436.jpg)

1680085434.jpg)
 (1)1680085425.jpg)



1680085424.jpg)
तस्बिरहरू ः रासस
प्रकाशित मिति: १६:०० बजे, बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











