Kathmandu Press

सरकार पाँच वर्ष नटिक्दा स्थानीय तहले समन्वय गर्न समस्या : बालेन

बुधबार काठमाडौं महानगरपालिकाले काठमाडौंमा आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिँदै यसपटकको सरकार केही समयलाई टिकाइदिन आग्रह पनि गरे।
सरकार पाँच वर्ष नटिक्दा स्थानीय तहले समन्वय गर्न समस्या : बालेन

काठमाडौं, चैत १५ : काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहले केन्द्रको सरकार पाँच वर्ष नटिक्दा स्थानीय तहले समन्वय गर्न समस्या हुने गरेको बताए। 

बुधबार काठमाडौं महानगरपालिकाले काठमाडौंमा आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिँदै यसपटकको सरकार केही समयलाई टिकाइदिन आग्रह पनि गरे।

उनले महानगर सभ्यता जोगाउन र सार्वजनिक सम्पत्ति जोगाउन लागिपरेको भन्दै यसमा केन्द्र सरकारले साथ दिनुपर्ने जिकिर गरे। उनले कार्यक्रममा उपस्थित स्थानीय तहका न्यायिक समितिका अध्यक्षसमेत हुने उपप्रमुखहरुलाई आफ्नै क्षेत्रबाट न्याय दिने वातावरण बनाउन सुझाए। उनले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभास दिलाउनुपर्ने बताए।

‘साँच्चै सरकार सिंहदरबारमा मात्रै नभएर पालिका पालिकामा छ, न्याय भनेको केन्द्रमा मात्रै नभएर पालिका–पालिकामा छ भन्ने कुरालाई आगामी दिनमा साँच्चै अवलम्बन गर्न सकियोस,’ कार्यक्रममा बोल्दै मेयर शाहले भने, ‘न्याय माग्नका लागि ११ दिन हिँडेर काठमाडौं महानगरपालिकामा हिँडेर आउन नपरोस । आफ्नै पालिकामा यस्तो न्यायहरु समाधान होस्। यसका लागि तपाईंहरु पनि जिम्मेवार हुनुहुन्छ ।’

बिहीबारसम्म चल्ने सम्मेलनमा सबै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरि ४ सय ५० पालिकाबाट सहभागिता रहेको छ। विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने महानगरकी उपप्रमुख सुनिता ढंगोलले बताइन्।

प्रकाशित मिति: १५:०७ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्