सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको रघुजी पन्तकाे आरोप
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै बाेलेका पन्तले मन्त्रीको व्यस्तताले संसदको कार्यसूची नै परिवर्तन भएको भन्दै सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाए।
काठमाडौं, चैत १५ : प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै बाेलेका पन्तले मन्त्रीको व्यस्तताले संसदको कार्यसूची नै परिवर्तन भएको भन्दै सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाए।
उनले प्रधानमन्त्री माओवादी केन्द्रको रहेको र माओवादीको राजनीतिक दस्तावेज पढ्दा कही पनि संसदीय व्यवस्था स्वीकार गरेको नदेखेको भन्दै संसदीय व्यवस्था नस्वीकारे कै कारण संसद्को मर्यादा बढाउन चासो नगएको हो कि भन्ने आशंका व्यक्त गरे।
सरकारको अकर्मण्यताकै कारण आज संसदप्रति विभिन्न टिकाटिप्पणी हुन थालेको उनको भनाइ थियाे। पन्तले संसद्लाई प्रभावकारी बनाउने, समयमा विधेयक प्रस्तुत गर्नेलगायत काम प्रधानमन्त्री र मन्त्रिपरिषद्को भएकाले संसदीय गरिमा कायमका लागि सरकारलाई रुलिङ गर्न माग गरे।