Kathmandu Press

पीडितको पक्षमा हुनुपर्नेमा राज्य पीडकको पक्षमा देखियो : रास्वपा सांसद झा

‘मिटरब्याज पीडित ६ महिनाको बच्चा बोकेर सिरहादेखि हिँडेर न्यायका लागि काठमाडौं आएका छन्, यस्ता समस्यामा स्थानीय प्रशासनले समन्वय नगर्ने, जनप्रतिनिधिले पीडितको कुरा सुन्न नकार्ने प्रवृत्ति देखिए छ।’
पीडितको पक्षमा हुनुपर्नेमा राज्य पीडकको पक्षमा देखियो : रास्वपा सांसद झा

काठमाडौं, चैत १५ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पीडितको पक्षमा हुनुपर्नेमा पीडकको पक्षमा देखिएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासनले नै साहुकारको संरक्षण गरेको बताए।

मिटरब्याज पीडित अहिले ११ दिन पैदल मार्चपास गरेर आएर अहिले काठमाडौंमा न्यानका लागि आन्दोलन गरिरहेका छन्। सोही सन्दर्भमा झाले भने, ‘मिटरब्याज पीडित ६ महिनाको बच्चा बोकेर सिरहादेखि हिँडेर न्यायका लागि काठमाडौं आएका छन्, यस्ता समस्यामा स्थानीय प्रशासनले समन्वय नगर्ने, जनप्रतिनिधिले पीडितको कुरा सुन्न नकार्ने प्रवृत्ति देखिए छ।’

‘यही सदनमा भएका सांसदको आफन्त आवद्ध भएकाले हाम्रा साथीभाइले पनि साहुकार र पीडकको संरक्षण गर्छन्’ सांसद झाले भने ।

राज्य कमजोरका लागि बनेको भन्दै उनले सबलका लागि राज्य नचाहिएको बताए । उनले यो समस्या समाधानका लागि राज्य कसैको आत्महत्या पर्खिएर बसेको हो भन्ने प्रश्न पनि उठाए ।

संसद र राजनीतिक संयन्त्रमा भएका नेताहरुलाई साहुकारको संरक्षण नगर्न पनि झााले खबरदारी गरे ।

प्रकाशित मिति: १४:५० बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्