एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा
रिपोटर्स क्लबको २५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइन्।
काठमाडाैं, चैत १५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताएकी छन्।
रिपोटर्स क्लबको २५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइन्।
उनले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पारिन्।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय लामो समय भएको हुनाले यसलाई छिटो निष्कर्षमा पुर्याउन संसदमा विधेयक गइसकेको बताइन्।
'शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंगाेमा पुर्याउन सरकार लागिरहेको छ', मन्त्री शर्माले भने, 'पीडितलाई न्याय दिन संसद्मा विधेयक पेस भएको छ।'
मन्त्री शर्माले आमसञ्चार कानुन बनाउने तयारी भइरहेको र सरोकारवालासँग छलफल गरेरमात्र निर्णय गर्ने जानकारी दिइन्।
उनले सञ्चार क्षेत्र बलियो र प्रभावकारी बनाउन आवश्यक पर्ने कानुन बनाउनेसमेत बताइन्।











