Kathmandu Press

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाद्वारा सभामुखलाई ज्ञापनपत्र

सरकारले हालै ल्याएको संक्रमणकालिन न्यायसम्बन्धी विधेयकले आफुहरुको माग सम्बोधन हुन नसक्ने भएकाले यसलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै बुधबार संस्थाले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन्।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाद्वारा सभामुखलाई ज्ञापनपत्र

काठमाडाैं, चैत १५ : द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएका छन्।

सरकारले हालै ल्याएको संक्रमणकालिन न्यायसम्बन्धी विधेयकले आफुहरुको माग सम्बोधन हुन नसक्ने भएकाले यसलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै बुधबार संस्थाले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन्।

उनीहरुले सरकारले ल्याएको विधेयकका केहि दफाहरुमा संशोधन गर्नुपर्ने बुँदाहरुका बारेमा पनि जानकारी गराएका छन्। संस्थाको ज्ञापन पत्र बुझ्दै सभामुख घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई बिधिसम्वत ढंगबाट अघि बढाउने बताए।

उनले सरकारले ल्याएको बिधेयकमाथि संशोधन आइरहेको भन्दै त्यसलाई समेटेर अघि बढ्ने धारणा राखे। संस्थाले दिएको सुझावहरुलाई आफूले दलहरुबीच छलफल चलाउने उनको भनाइ छ।

संस्थाले सशस्त्र द्वन्द्वका कारण जनधनको क्षति व्यहोरेका पीडित सुरक्षाकर्मीहरूमाथि अन्याय भएको भन्दै विधेयकमा आफूहरुको माग समावेश हुनुपर्ने जनाएका छन्।
 
प्रकाशित मिति: १४:०३ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्