Kathmandu Press

चार एआइजीको पदस्थापन, कसलाई के जिम्मेवारी?

चार एआइजीको पदस्थापन, कसलाई के जिम्मेवारी?

काठमाडौं, चैत १५ : नेपाल प्रहरीका चारजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरुको पदस्थापन गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार उनीहरूको पदस्थापन गरेको हो। एआइजी श्यामलाल ज्ञवालीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ भने टेकप्रसाद राईलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिइएको छ।

एआईजी किरण बज्राचार्यले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र दीपक थापाले प्रशासन विभागको जिम्मेवारी पाएका छन्।

दुई दिनअघि गृह मन्त्रालयले चार प्रहरी नायब महानिरीक्षक (डिआइजी) सन्दीप भण्डारी, सुदिप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ।

बढुवा सिफारिस मात्रै भएकाले उनीहरूको पदस्थापन हुन बाँकी रहेको छ। 

प्रकाशित मिति: १३:५८ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्