Kathmandu Press

राष्ट्रपति र अवैतनिक महावाणिज्य-वाणिज्यदूतबीच भेट

आज बिहान राष्ट्रपति पौडेलसँग भेटका लागि शीतल निवास आएका विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतलाई उनले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखी काम गर्नुपर्नेमा जोड दिए। 
राष्ट्रपति र अवैतनिक महावाणिज्य-वाणिज्यदूतबीच भेट

काठमाडाैं, चैत १५ : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका छन्। 

आज बिहान राष्ट्रपति पौडेलसँग भेटका लागि शीतल निवास आएका विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतलाई उनले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखी काम गर्नुपर्नेमा जोड दिए। 

वाणिज्यदूतका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवर्धनमा समेत आफूहरुले प्रभावकारी ढंगले काम गर्दै आएको बताए।

उनीहरुले राष्ट्रपति पदमा निर्वाचित भएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना दिएको थिए।

प्रकाशित मिति: १३:३३ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्