गुरु घिमिरेले सामाजिक सञ्जालमा किन यस्तो लेखे ?
उनले आफ्नो फेसबुकमार्फत ‘नयाँ वर्षमा नयाँ राजनीतिक निर्णय’ लिने बताएका छन्। नयाँ निर्णयबारे प्रस्ट नपारे पनि घिमिरेका समकक्षीहरूले कांग्रेस परित्याग गर्न सक्ने पूर्वसंकेतका रूपमा विश्लेषण गरेका छन्।
काठमाडौं, चैत १५ : नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले सामाजिक सञ्जालमार्फत कांग्रेस परित्यागको संकेत गरेका छन्।
उनले आफ्नो फेसबुकमार्फत ‘नयाँ वर्षमा नयाँ राजनीतिक निर्णय’ लिने बताएका छन्। नयाँ निर्णयबारे प्रस्ट नपारे पनि घिमिरेका समकक्षीहरूले कांग्रेस परित्याग गर्न सक्ने पूर्वसंकेतका रूपमा विश्लेषण गरेका छन्।
घिमिरेले फेसबुकमा लेखेका छन्, ‘नयाँ वर्षमा नयाँ राजनीतिक निर्णय ! राजनीति नयाँ शिराबाट ! परम्परागत राजनीतिको अन्त्य !’ घिमिरे नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन्। कांग्रेसभित्र नेता शेखर कोइरालानिकट रहेर उनले राजनीति गर्दैै आएका थिए। पछिल्लो समय उनले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। घिमिरेको यस्तो भनाइ यसअघि पनि आएको थियो।
यसअघि पनि फेसबुकर र लेखमार्फत राजनीतिबाट विश्राम लिने घोषणा गरेका थिए। कांग्रेसका नेताको सल्लाह र सुझावपछि मौन रहेका उनले फेरी नयाँ शिराबाट राजनीति गर्ने भन्दै सार्वजनिक गरेको अभिव्यक्ति दिएका छन्।
उक्त अभिवयक्तिलाई कांग्रेसको राजनीतिबाट अलग हुन खोजेको रुपमा बुझिएको छ। घिमिरे कंँग्रेसको १४ औँ महाधिवेशनमा प्रदेश–१ को सभापतिमा चुनाव लडेका थिए। उनी दुई मतले पराजित भएका थिए। कोशी प्रदेश सभासदको चुनावमा पनि पराजित भएपछि घिमिरे काँग्रेसमा निष्क्रिय रहँदै आएका थिए।











