Kathmandu Press

१० दलको बैठक बिनानिष्कर्ष टुंगियाे, दिउँसाे ३ बजे फेरि बस्ने

साना दलहरुले बढी मन्त्रालय माग गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको छलफलमा सहभागी नेताहरुले बताएका छन्।
१० दलको बैठक बिनानिष्कर्ष टुंगियाे, दिउँसाे ३ बजे फेरि बस्ने

काठमाडाैं, चैत १५ : मन्त्रालयको भागबन्डा र साझा कार्यक्रम तय गर्ने गरी छलफलमा जुटेको १० दलीय सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्नेगरी बिनानिष्कर्ष टुंगिएको हो। ३ बजे बस्ने बैठकमा थप छलफल गरेर सहमतिमा पुग्न प्रयास गरिने जनाइएको छ।

मंगलबार पनि कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३–३ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो।

साना दलहरुले बढी मन्त्रालय माग गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको छलफलमा सहभागी नेताहरुले बताएका छन्।

प्रकाशित मिति: १३:१४ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्