Kathmandu Press

हास्य विधाका चलचित्र दर्शकको रोजाइमा

यसलाई हेर्दा नेपाली चलचित्रमा अहिले हास्यविधालाई दर्शकले रुचाएका छन्। निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन्।
हास्य विधाका चलचित्र दर्शकको रोजाइमा

काठमाडौं, चैत १५ : हास्यव्यंग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन्। यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन्। यीबाहेक दुई नम्बरी, के घर के डेरा र झिंगेदाउ पनि हास्य विधामै रहेको चलचित्र हो। 

यसलाई हेर्दा नेपाली चलचित्रमा अहिले हास्यविधालाई दर्शकले रुचाएका छन्। निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन्। ‘कबड्डी ४’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनाएको छ। यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन्। 

किनकि कुनै समय सामान्य र छोटो भूमिकामा प्रस्तुत हुने हास्य कलाकारले अहिले मुख्य भूमिका पाएका छन्। तीतो–सत्य टेलिचलचित्रकी कलाकार दीपाश्री निरौलाले निर्देशन गरेको छक्का पञ्जाको तीनै ‘सिरिज’ले राम्रो व्यापार गरिसकेको छ। यसले नेपाली चलचित्रको सफलतामा हास्यव्यंग्यको भूमिका प्रमुख रहेको प्रस्टिन्छ।

Hardik ivf

'बक्सअफिसलाई हेर्दा समेत हास्यव्यंग्य शैलीमा तयार गरिएको चलचित्रकै वर्चश्व देखिन्छ, बजारमा जे कुराको माग हुन्छ, अभाव पनि त्यसकै हुन्छ। सायद खुसी खोज्न दर्शक हलसम्म आउनुभएको हुन सक्छ', निर्देशक प्रदीप भट्टराई भन्छ। उनले निर्देशन गरेको चलचित्र जात्रा, शत्रु गते, जात्रै जात्रा र महापुरुषले पनि राम्रो व्यापार गरेको छ।

हास्यशैलीलाई कलात्मकरूपमा प्रस्तुत गर्ने भएकाले उनीसँग चलचित्र निर्माणमा सहकार्य गर्ने चाहना धेरैको छ। उनले यो सफलतालाई परिवर्तनको रूपमा हेर्नुहुन्छ। 'चलचित्रभित्र पहिला हास्यव्यंग्य एउटा पाटो मात्र हुन्थ्यो। हास्य कलाकारको काम नै हसाउने हुन्थ्यो। तर अहिले हास्य कलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छ,' निर्देशक भट्टराईले भने, 'यद्यपि हामी सचेत हुनुपर्छ। दर्शकले गरिरहेको विश्वासलाई कम हुन दिनुहुँदैन। जति धेरैले चलचित्र हेर्नुहुन्छ, दायित्व उत्ति नै बढ्छ।'

हास्यकलाकार मनोज गजुरेलले हास्यव्यङ¬्ग्यलाई मनोरञ्जनको रूपमा मात्र नलिन आग्रह गरे। उनले भने, 'हामीले गर्ने व्यंग्यको प्रभाव समाजमा पर्छ। त्यसैले ख्यालठट्टाका लागि मात्र सामग्री बनाउनु हुँदैन। व्यंग्य नेपालको सम्पूर्ण अंग हो। त्यसैले हामीले प्रस्तुत गर्ने प्रस्तुतिको महत्व छुट्टै छ।' केही चलचित्रसँगै टेलीचलचित्रमा अभिनय गर्नुभएका हास्यकलाकार गजुरेलले हृदय हसाउने कोसिस गरिरहेको जानकारी दिए। 

'बाहिरी हाँसो मात्र नभई भित्रीरूपमा असर गर्ने सामग्रीमा हामीले ध्यान दिनुपर्छ। चलचित्रमा दर्शकले देखाइरहनुभएको विश्वासलाई घट्न नदिई बढाउने दायित्व छ', हास्यकलाकार गजुरेलले भने। सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले विकृतिलाई प्रहार गर्दै आम जनताको कुरालाई बाहिर ल्याउँदा हास्यव्यंग्य रुचाइएको बताए।

'चलचित्र होस् वा प्रहसन त्यहाँ जनताको मनको कुरा भनिएको आभास भएकै कारण रुचाइएको हुनुपर्छ। विकृतिलाई गरिएको व्यंग्य कलाकात्मक रूपमा प्रस्तुत गरेकाले नै फस्टाएको हो,' अध्यक्ष गाम्नागेले भने। आफू र संस्थाले हास्यव्यंग्यलाई सभ्य र शालीन बनाउँदै सामाजिक रुपान्तरणमा योगदान गर्ने बाटोमा रहेको उनले बताए।

निर्देशक भट्टराईले हास्य व्यंग्य विधामा चलचित्र बनाइरहनुभएकाहरू अझै मेहनती हुनुपर्ने बताए। 'हामी हौसिएका छौँ, चलचित्र उद्योग नै हौसिएको छ। यसले चुनौती थपेको छ', उहाँले भन्नुभयो, 'टेलिचलचित्र अहिले निकै कम छन्। कुनै समय हरेक दिन हास्य विधामा निर्मित टेलिचलचित्र प्रसारण भएका थिए। जसलाई हेर्न दर्शक घरमा फुर्सद निकालेर बस्ने गरेका थिए। अहिले सानो पर्दामा आएको अवस्था ठूलो पर्दामा आउन दिनुहुँदैन।' उनले विषयवस्तु चयन, प्रस्तुतिकरण, कलाकारको छनोटलगायत विषयमा विशेष ध्यान दिइरहेको बताए।

टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेलगायतका कलाकार अहिले चलचित्रमा सफल छन्। उनीहरूले काम गरेका चलचित्रले मुनाफा दिनुका साथै व्यापारमा रेकर्डसमेत बनाउन सफल भएका छन्।

प्रकाशित मिति: १२:५१ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्