Kathmandu Press

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले अख्तियारको प्रतिवेदन पेस गर्ने

आजको बैठकका लागि दुईवटा कार्यसूची तय भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन्।
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले अख्तियारको प्रतिवेदन पेस गर्ने

काठमाडौं, चैत १५ : नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार १ बजे बैठक बस्ने तयारी छ। 

आजको बैठकका लागि दुईवटा कार्यसूची तय भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन्।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशाेधन) विधेयक, २०७७ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संसद्र सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। 

प्रकाशित मिति: १२:३२ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्