Kathmandu Press

मिटरब्याज समस्याविरुद्ध संयुक्त रुपमा लड्न मधेशका मुख्यमन्त्रीको आव्हान

पीडितको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व भएको बताउँदै उनले आफू जिम्मेवारीबाट नभाग्ने बताएका छन्।
मिटरब्याज समस्याविरुद्ध संयुक्त रुपमा लड्न मधेशका मुख्यमन्त्रीको आव्हान

धनुषा, चैत १५ : मिटरब्याज समस्याविरुद्ध संयुक्त रुपमा लड्न मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आव्हान गरेका छन्। मिटरब्याज पीडितको आन्दोलनमा आफ्नो समर्थन रहेको भन्दै यादवले विज्ञप्ति निकालेर यस्तो आव्हान गरेका हुन्।

उनले मिटरब्याज पीडितको हरेक पाइलामा आफ्नो सर्थन रहेको उल्लेख गरेका छन्। उनले गरिब छन् गरिब हुने अवस्था राष्ट्रिय समृद्धिको बाधक भएको बताए ।

यादवले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘गरिब झन् गरिब हुने र भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरुलाई आह्वान गर्द्छु।’

मुख्यमन्त्री यादवले मिटरब्याज पीडितको समस्या मधेश सरकारको पनि सरोकार र दायित्व भएको बताउँदै सरकारले आन्दोलनलाई साथ दिने बताएका छन्। उनले ठूलो वेदना बोकेर काठमाडौं पुगेका मिटरब्याज पीडितप्रति हरेक पाइलामा हाम्रो साथ भएको बताएका छन्।

पीडितको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व भएको बताउँदै उनले आफू जिम्मेवारीबाट नभाग्ने बताएका छन्।

प्रकाशित मिति: ११:०९ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्