मन्त्रालय भागवण्डा र न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक सुरु
प्रधानमन्त्री पुष्पकमल दहालले हिजोको बैठकमा पेश गरेको सरकार सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन र सरकार विस्तारका लागि मन्त्रालय भागबन्डा मिलाउन गठबन्धनको बैठक बसेको हो।
काठमाडौं, चैत १५ : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दहालले हिजोको बैठकमा पेश गरेको सरकार सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन र सरकार विस्तारका लागि मन्त्रालय भागबन्डा मिलाउन गठबन्धनको बैठक बसेको हो।
प्रधानमन्त्री दहालले पेश गरेको मस्यौदामा आजको बैठकमा नेताहरुले आ–आफ्ना सुझाव दिने बताइएको छ।
न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ।
प्रकाशित मिति: १०:४३ बजे, बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार