Kathmandu Press

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं, चैत १५ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले देशको पहाडी भू भागहरूमा आंशिक बदली भइ बाँकी भू भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भूभागका एक,दुई स्थानमा  मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:४४ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्