Kathmandu Press

प्रतिनिधिसभाको बैठक आज बस्दै

 बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन  २०७८/०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, चैत १५ : सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन  २०७८/०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: ०७:५८ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्