Kathmandu Press

अक्षय कुमार बने महंगा कलाकार, एउटै फिल्मको एक सय २० करोड पारिश्रमिक

काठमाडौं, माघ ७ : बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ले दुई सय करोड भारतीय रुपैयाँ कमाइ गरेको छ। यस अघिका उनका फिल्मले पनि राम्र....

अक्षय कुमार बने महंगा कलाकार, एउटै फिल्मको एक सय २० करोड पारिश्रमिक

काठमाडौं, माघ ७ : बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ले दुई सय करोड भारतीय रुपैयाँ कमाइ गरेको छ। यस अघिका उनका फिल्मले पनि राम्रो कमाइ गरेका थिए।

जसले गर्दा बलिउड निर्माताहरू जत्ति नै महंगो पारिश्रमिक तिरेर भएपनि उनलाई काम गराउन तत्पर भएका छन्। उनले हालै एक नयाँ चलचित्र एक सय करोडभन्दा बढी पारिश्रमिकमा साइन गरेका छन्।

Hardik ivf

भारतीय मिडियाका अनुसार आनन्द एल राइको  निर्देशन रहने नयाँ फिल्ममा उनले एक सय २० करोड भारतीय रुपैयाँमा साइन गरेका हुन्। यो सम्झौतासँगै अक्षय बलिउडमा सर्वाधिक महंगो पारिश्रमिक लिने कलाकार बनेका छन्।

यस फिल्ममा उनीसँगै नायिका सारा अली खान र नायक धनुषको जोडीलाई पनि देखिनेछ।

उनलाई हलमा मात्र होइन, डिजिटल दुनियाँमा पनि उत्तिकै रुचाइने गरेको छ। टेलिभिजन र ओभरसिज बजारमा पनि उनको माग बढेको जनाएको छ। यसैले पनि उनलाई आखाँ चिम्लेर पारिश्रमिक दिन निर्माता तयार भएका हुन्।

 

 

 

प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, माघ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्