Kathmandu Press

भीम रावलालाई विष्णु पौडेलको कटाक्ष- कैलाली बसेर अछाममा मविरुद्ध तोप पड्काउन खोज्न भएछ, तर तोपमा बारुद होइन गोबर हाल्नुभएछ

एमाले उध्यक्ष पौडेलले नेता रावललगातार पार्टी विरोधी गतिविधिमा लागेको आरोप पनि लगाए। उनले छाममा रावलले आफूलाई अप्ठेरोमा पार्ने प्रयास गरेको पनि बताए।
भीम रावलालाई विष्णु पौडेलको कटाक्ष- कैलाली बसेर अछाममा मविरुद्ध तोप पड्काउन खोज्न भएछ, तर तोपमा बारुद होइन गोबर हाल्नुभएछ

डाेटी चैत १४ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्का नेता भीम रावलप्रति कटाक्ष गरेका छन्। एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रमका लागि डोटी पुगेका पौडेलले रावलले कैलालीमा बसेर अछाममा आफुविरद्ध तोप पड्कान खोजेको बताए।

‘उहाँले कैलालीमा बसेर अछाममा मेराविरुद्ध तोप पड्काउने प्रयत्न गर्नुभएछ । तर तोपमा गोबर हालेर पड्काउन खोज्नुभएछ, तोपमा बारुद हालेको भए पड्किन्थ्यो।’

एमाले उध्यक्ष पौडेलले नेता रावललगातार पार्टी विरोधी गतिविधिमा लागेको आरोप पनि लगाए। उनले छाममा रावलले आफूलाई अप्ठेरोमा पार्ने प्रयास गरेको पनि बताए।

अछाम जाँदा उहाँलाई भिसा, पासपोर्ट लिएर जानुपर्छ भन्ने लाग्दोरहेछ, नेपाली नागरिक नेपालको जुनसुकै ठाउँमा जान पाउने उनले बताए। पौडेल सोमबार अछामको साँफेबगरको कार्यक्रममा सहभागी भएका थिए।

रावलले गम्भीर गल्ती गर्दा पनि पार्टीले सहेको भन्दै पौडेलले सच्चिएर आउने आशा अझै बाँकी रहे पनि कुर्ने समय सकिँदै गएको बताए । रावलले विगतमा संसदमा, सडकमा र निर्वाचनमा पार्टीविरुद्ध गम्भीर गल्ती गरेको आरोप उनले लगाए ।

प्रकाशित मिति: २१:१५ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्