प्रधानमन्त्रीले पेश गरे सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सत्तारूढ गठबन्धन दलका बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् ।
काठमाडाैं, चैत १४ : सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरिएकाे छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सत्तारूढ गठबन्धन दलका बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् ।
नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार अब उक्त मस्यौदामा बुधबार छलफल हुनेछ। न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।
प्रकाशित मिति: १९:०९ बजे, मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











