चुनाव नगराउनुको कारण मागसहित उपत्यकाका तीन क्याम्पसमा चुनाव गराउन उच्च अदातलकाे अन्तरिम आदेश

काठमाडाैं, चैत १४ : उच्च अदालत पाटनले काठमाडौं उपत्यकाका तीन क्याम्पसमा स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेकाे छ । उपत्यकाकाे रत्न राज्यलक्ष्मी, नेपाल कमर्स र पाटन संयुक्त क्याम्पसमा स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको हाे ।
विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश जगदिश घिमिरेको एकल इजलासले स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएका हुन।
त्रिभुवन विश्वविद्यालयले ५ चैतमा स्ववियु चुनावको मिति तोके पनि विद्यार्थी संगठनहरुबीच विवाद भएपछि यी क्याम्पसमा चुनाव रोकिएका थिए ।
अदालतले क्याम्पससँग चुनाव नगराउनुको कारण पनि माग गरेको छ ।
प्रकाशित मिति: १८:१४ बजे, मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











