Kathmandu Press

‘रंगमञ्चमा सबैको भूमिका आवश्यक’

नेपालमा रङ्गमञ्चको आफ्नै महत्व र आवश्यकता छ। रङ्कर्मीको रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन्।
‘रंगमञ्चमा सबैको भूमिका आवश्यक’

काठमाडाैं, चैत १४ : नेपालमा रङ्गमञ्चको आफ्नै महत्व र आवश्यकता छ। रङ्कर्मीको रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन्। यद्यपि रङ्गमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चको रूपमा मात्र चिनिन्छ। 

चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ। तर, रङ्गमञ्चले चाहे जस्तो प्रगती गर्न नसकेको बेलाबखतमा सुन्ने गरिन्छ। समूहवाद हाबी हुँदा नेपालको रङ्गमञ्च पछाडि परेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले बताइन्। 

Hardik ivf

६२औं ‘विश्व रङ्गमञ्च दिवस’को अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा आयोजित कार्यक्रममा कुलपति शर्माले भनिन्, 'कार्यक्रममा निम्ता गरिएका सबै रङ्गकर्मीको उपस्थिति हुँदैन। यो कार्यक्रममा पनि छैनन्। यसको कारण हामी समूहमा बाँडिएका छौँ भन्ने लाग्छ।' सबैलाई एकै ठाउँमा भेटघाट गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।  

माला आर्टस् एकेडेमीको सहकार्यमा भएको उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, उपकुलपति शम्भु राई, प्राध्यापक तथा लेखक अभि सुवेदी, वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा मन्त्री किरातीले रङ्गमञ्चले मनोरञ्जन दिने मात्र नभइ समाज र जीवन परिवर्तन गर्ने बताए। 

'कला जीवनको महत्वपूर्ण पक्ष हो। यसले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले यसले समाज बदल्न भूमिका खेल्ने गरेको छ', मन्त्री किरातीले भने। रङ्गमञ्च दिवसको अवसर पारेर रङ्गकर्मीले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए। 

प्रकाशित मिति: १७:२३ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्