Kathmandu Press

गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा जारी, न्यूनतम साझा कार्यक्रमबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा १० दलका नेताहरूकाे सहभागिता छ।
गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा जारी, न्यूनतम साझा कार्यक्रमबारे छलफल

काठमाडौं, चैत १४ : सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सुरु भएको छ। बैठकमा मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउने प्रयास पनि गरिने जनाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा १० दलका नेताहरूकाे सहभागिता छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन्।

साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता सहभागी छन्।

पुस १० गते बनेको गठबन्धन टुटेपछि बनेको नयाँ गठबन्धनले न्यूनतम साझा कार्यक्रम बनाउने गृहकार्य गरिरहेको छ। न्यूनतम साझा कार्यक्रममा सहमति जुटेपछि मात्र मन्त्रिपरिषद विस्तार गर्नुपर्ने आवाज गठबन्धन दलमा उठिरहेको छ।

सालाखाला सहमति भइसके पनि गृहलगायत केही मन्त्रालयमा भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन।

 

प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्