Kathmandu Press

पार्टीको हैसियतअनुसार तीन मन्त्रालयमा दाबी गरेका छाैं : झलनाथ खनाल

मंगलबार काठमाडौंको बानेश्वरमा मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका खनालले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले संघीय संसदमा नेकपा एकीकृत समाजवादीसँग १८ सिट रहेकाले पार्टीको हैसियतअनुसार नै मन्त्रालयको सिट माग गरिएको बताएका हुन्।
पार्टीको हैसियतअनुसार तीन मन्त्रालयमा दाबी गरेका छाैं : झलनाथ खनाल

काठमाडाैं, चैत १४ : नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टीको हैसियत अनुसार तीनवटा मन्त्रालयमा दाबी गरेको बताएका छन्।

मंगलबार काठमाडौंको बानेश्वरमा मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका खनालले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले संघीय संसदमा नेकपा एकीकृत समाजवादीसँग १८ सिट रहेकाले पार्टीको हैसियतअनुसार नै मन्त्रालयको सिट माग गरिएको बताएका हुन्।

उनले १० दल सरकारमा जाने र मन्त्रालयको सिट २५ रहेकाले दलहरुको भूमिकाका आधारमा मन्त्रिमण्डल बाँडफाँट गर्नुपर्ने धारणा राखे। उनले सरकारको पाँच बर्षे नीति कार्यक्रमको योजना बनाएरमात्रै मन्त्रीमण्डल बाँडफाँट गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गरे।

त्यस्तै खनालले मिटरब्याज पीडितहरुको माग जायज रहेको भन्दै आन्दोलनमा समर्थन रहेको बताए। उनले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने पनि बताए। 

प्रकाशित मिति: १६:५३ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्