Kathmandu Press

बिस्केट जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माण तीव्र

भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्रांगणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढेको हो।
बिस्केट जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माण तीव्र

भक्तपुर, चैत १४ : भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ।

भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढेको हो। रथ निर्माणका लागि विभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको छ।

bisket tayari_Momentnbqwthqt4h1679998463.jpg

प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरुहुदैछ। जात्रा व्यवस्थापन समितिका अनुसार रथ तान्नका लागि बलियो र कसिलो डोरी ल्याउने तयारी गरिएको छ। रथ निर्माणमा खटिएका प्रेमलाल सिल्पकारले चैत्र २५ गतेसम्म रथ निर्माण कार्य सम्पन्न हुने बताए।

bisket tayari_Momentgwnyyq41679998461.jpg

नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ।

bisket tayari_Moment grnq4twnqt41679998453.jpg

चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ।

bisket tayari_Moment gbnqethbq1679998447.jpg

त्यस्तै वैशाख ५ गते जात्राको अन्तिम दिन सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने परम्परा छ। 

bisket tayari_Moment1679998459.jpg

bisket tayari_Moment tgeqbnqttq1679998457.jpg

bisket tayari_Moment rb1679998456.jpg

bisket tayari_Moment gtntq4hnq1679998454.jpg

bisket tayari_Moment gnqthnq1679998452.jpg

bisket tayari_Moment febqtbqtbe1679998446.jpg

bisket tayari_Moment gfebnqtn1679998449.jpg

bisket tayari_Moment ghnqn1679998450.jpg

bisket tayari_Moment afebr1679998444.jpg

bisket tayari_Moment etqbhq4thb1679998444.jpg

प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्