Kathmandu Press

मन्त्रिपरिषदको बैठक सुरु, मिटरब्याज पीडितबारे छलफल हुने

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आए पनि विशेष परिस्थितिका कारण छिटो निर्णय लिन आजै बस्नुपरेको हो। सरकारले मिटरब्याज पीडितका समस्या बुझ्न यसअघि चार सदस्यीय सरकारी टोली गठन गरेको थियो।
मन्त्रिपरिषदको बैठक सुरु, मिटरब्याज पीडितबारे छलफल हुने

काठमाडौं, चैत १४ : सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक डाकेका हुन्।

मन्त्रिपरिषद वैठकमा मिटरब्याज पीडितको समस्या समाधानमा ठोस निर्णय लिन लागिएको स्रोतले जनाएको छ। मिटरब्याजपीडितको माग सम्बोधन गर्ने गरी विधेयक तयार भएको अबस्थामा संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारीमा मन्त्रिपरिषद छ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आए पनि विशेष परिस्थितिका कारण छिटो निर्णय लिन आजै बस्नुपरेको हो। सरकारले मिटरब्याज पीडितका समस्या बुझ्न यसअघि चार सदस्यीय सरकारी टोली गठन गरेको थियो।

पीडितका समस्या बुझेर समाधानमा सुझाव दिने उद्देस्यले टोली गठन गरिएको हो। टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर दंगाल थिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पीडितसँग भेटेर छुट्टै गुनासा सुन्ने तयारी समेत गरेको जनाइएको छ। 

प्रकाशित मिति: १६:०६ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्