कोसी नामकरणविरुद्ध विराटनगरको आन्दोलनमा झडप, १२ जना घाइते
विराटनगरस्थित बिग होटलमा प्रदेशसभा सदस्यहरूको बैठक चलिरहँदा आन्दोलनकारीहरूले त्यही पुगेर नाराबाजी गर्न थालेका थिए। प्रहरीले उनीहरूलाइृउ रोक्न खोज्दा झडप भएको हो।
विराटनगर, चैत १४ : विराटनगरमा पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शनमा झडप भएको छ। आज (मंगलबार) दिउँसो भउको झडपमा परी करिब १२ जना घाइते भएका छन्।
विराटनगरस्थित बिग होटलमा प्रदेशसभा सदस्यहरूको बैठक चलिरहँदा आन्दोलनकारीहरूले त्यही पुगेर नाराबाजी गर्न थालेका थिए। प्रहरीले उनीहरूलाइृउ रोक्न खोज्दा झडप भएको हो। घाइते हुनेमा ६ जना आन्दोलनकारी र ६ जना प्रहरी छन्। घाइते हुनेमा तीन जना सशस्त्र प्रहरीका र तीन जना नै नेपाल प्रहरीका रहेका छन्।
झडप नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रुग्यासका साथै पानीको फोहोरासमेत प्रहार गरेको थियो। आन्दोलनकारीको ढुंगामुढाले होटलमा क्षति पुगेको छ।
प्रकाशित मिति: १५:४५ बजे, मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











