Kathmandu Press

कांग्रेस सभापतिद्वारा किसान महासंघमा अध्यक्षसहित १७ जना मनोनीत 

सभापति देउवाले गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा १७ जना मनोनीत गरेका हुन्।
कांग्रेस सभापतिद्वारा किसान महासंघमा अध्यक्षसहित १७ जना मनोनीत 

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघको तदर्थ समितिमा अध्यक्षसहित १७ जना सदस्य मनोनित गरेका छन् ।

सभापति देउवाले गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा १७ जना मनोनीत गरेका हुन्।

मनोनीत सदस्यमा गोरखाका जनार्दन अर्याल, सप्तरीका विवेकानन्द झा, बाँकेका ऋचा लुईंटेल, डडेल्धुराका रमेश रावल, काठमाडौंका मनोज थापा र काठमाडौंका विश्वनाथ दाहाल, काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले छन् । 

यस्तै कास्कीका नम्रता बराल, सुर्खेतका प्रेमबहादुर घले, काठमाडौंका ईश्वर गिरी, कैलालीका डा.जितु उपाध्याय, सर्लाहीका भवानी कोइराला, पर्साका विश्वराज घिमिरे, महोत्तरीका डा.धिरेन्द्र साह र झापाका कालु मेचे पनि किसान महासंघ सदस्यमा मनोनित भएका छन् । 
 

प्रकाशित मिति: १५:२६ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्