Kathmandu Press

नेकपा एसले मन्त्रालय टुंगाे लागेपछि मन्त्रीको नाम बुझाउने

पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागीताका लागि तीन मन्त्रालयमा दावी गरेको भन्दै मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने निर्णय गरेको हो।
नेकपा एसले मन्त्रालय टुंगाे लागेपछि मन्त्रीको नाम बुझाउने

काठमाडौं, चैत १४ : नेकपा एकीकृत समाजवादीले मन्त्रालयको भागबन्डा टुंगाे लागेपछि प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने जनाएको छ।

पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागीताका लागि तीन मन्त्रालयमा दावी गरेको भन्दै मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने निर्णय गरेको हो।

बैठकपछि पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख  जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको र मन्त्रालयको टुङ्गो लागेपनि नाम बुझाउने बताए। सिटको बाँडफाँड ढिला भएको कारणले मन्त्रीको नाम दिन नपाएको उनको भनाइ छ।

त्यस्तै बैठकले  पार्टीका उपाध्यक्ष केदार न्यौपाने र स्यायी कमिटीका सदस्य चुडामणि जङ्गलीले दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए। बैठकले मिटर ब्याज विरुद्ध आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको खतिवडाले बताए।

मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न पनि बैठकले माग गरेको खतिवडाले जानकारी दिए। 

प्रकाशित मिति: १५:२४ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्