नेकपा एसका दुई नेताको राजीनामा स्वीकृत
नेता न्यौपाने र जंगलीविरुद्ध पार्टीको हितविरुद्ध बोलेको भन्दै आलोचना हुँदै आएको थियो। पार्टीभित्रै आलोचना बढ्दै गएपछि नेताद्वयले राजीनामा दिएको जनाइएको छ।
काठमाडौं, चैत १४ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले उपाध्यक्ष केदार न्यौपाने र नेता चूडामणि जंगलीको राजीनामा स्वीकृत गरेको छ।
नेता न्यौपाने र जंगलीविरुद्ध पार्टीको हितविरुद्ध बोलेको भन्दै आलोचना हुँदै आएको थियो। पार्टीभित्रै आलोचना बढ्दै गएपछि नेताद्वयले राजीनामा दिएको जनाइएको छ।
उनीहरुले पदबाट दिएको राजिनामा पार्टी अध्यक्ष माधवकुमार नेपालले मंगलवार स्वीकृत गरेका हुन्। राजिनामा स्वीकृतिसँगै स्पष्टीकरण समेत सोध्ने निर्णय भएको छ।
उनीहरुले अभिव्यक्तिका क्रममा तथा सामाजिक सञ्जालमा पार्टी र नेतृत्वविरुद्ध श्रृङखलावद्ध टिप्पणी स्टाटस लेखेको लगायत आरोप थिए।
प्रकाशित मिति: १५:०२ बजे, मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार