Kathmandu Press

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेलमा राखिएका युवक धराैटी बुझाएर रिहा

जेल चलान भएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का मंगलबार रिहा भएका हुन्।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेलमा राखिएका युवक धराैटी बुझाएर रिहा

काठमाडौं, चैत १४ : प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका तीन युवक रिहा भएका छन्।

जेल चलान भएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का मंगलबार रिहा भएका हुन्।

जिल्ला प्रशासन काठमाडौंलेले चैत १२ गते उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए। धरौटी बुझाउन नसक्दा उनीहरू जेल चलान भएका थिए।
यही चैत ७ गते ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलनसम्बन्धी सार्वजनिक समारोहमा जाँदै गर्दा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। त्यसक्रममा प्रहरीले उनीहरूको मुख थुनेको थियो।

पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएपछि त्यसलाई लिएर चौतर्फी विरोध भएको थियो। त्यसबारे सदनमा समेत कुरा उठेको थियो। 

प्रकाशित मिति: १४:५२ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्