Kathmandu Press

एमालेले किनारा लगाइरहे नयाँ पार्टी खोल्न सक्ने भीम रावलकाे संकेत

नगढीमा आज (मंगलबार) पत्रकार सम्मेलन गरेर उनले पार्टीले किनारा लगाएको अवस्थामा जनताको चाहनाअनुसार अघि बढ्ने र जनताले नयाँ पार्टी खोल्न सुझाव दिए त्यसैअनुसार अघि बढ्ने बताएका हुन्।
एमालेले किनारा लगाइरहे नयाँ पार्टी खोल्न सक्ने भीम रावलकाे संकेत

धनगढी, चैत १४ : एमाले नेता भीमबहादुर रावलले पार्टीमा किनारा लगाइरहे नयाँ पार्टी खोल्न सक्ने संकेत गरेका छन्।

धनगढीमा आज (मंगलबार) पत्रकार सम्मेलन गरेर उनले पार्टीले किनारा लगाएको अवस्थामा जनताको चाहनाअनुसार अघि बढ्ने र जनताले नयाँ पार्टी खोल्न सुझाव दिए त्यसैअनुसार अघि बढ्ने बताएका हुन्।

‘मैले देशको हितमा काम गर्दै आएको छु, पार्टीको गतिविधिविपरीत काम पनि गरेको छैन,’ रावलले भने,  ‘मलाई किनारा लगाउन खोजिँदैछ, अहिले पनि सहेर बसेको छु । तर अब यस्तै भइरहे विकल्प सोच्न बाध्य हुनेछु।’ उनले थपे, ‘पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेटेको घचेट्यै गरे एमालेका इमानदार कार्यकर्ता र जनतासँग सोध्नेछु, उहाँहरूले नयाँ तरिकाले अघि बढ्नुपर्छ भन्नुभयो भने नयाँ पाइला चाल्न सक्ने सम्भावना छ।’

नेता रावलले एमाले उपाध्यक्ष विष्णु पौडेलल, सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसहितका नेताहरु सोमबार आफूविरुद्ध कार्यकर्ता उचाल्न आफ्नो गृहजिल्ला पुगेको पनि बताए। सो कार्यक्रममा एक नेताले रावलको चर्को आलोचना गरेका थिए। त्यसपछि कार्यक्रममा सहभागी एमाले कार्यकर्ताले नै मञ्चमा कुर्सी र बोतल हानेर कार्यक्रम बिथोलिदिएका थिए। 

उनले एमालेमा सुदूरपश्चिमका नागरिकलाई नेतृत्वमा आएको देख्न नसक्नेहरुले आूलाई किनारा लगाएको आरोप लगाए । ‘एमाले अध्यक्ष केपी ओलीसँगसुदूरपश्चिमबाट मैले प्रतिस्पर्धा गर्दा त्यो सुहाएन रे, पार्टीको विधानमै सुदूरपश्चिमबाट प्रतिस्पर्धा गर्न नपाइने लेखिदिए हुन्छ नि अब।’

प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्