Kathmandu Press

प्रधानमन्त्रीविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न महामन्त्री शर्माकाे माग

‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन। प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुखद र आपत्तिजनक थियो!’ उनले ट्टिरमा लेखेका छन्, ‘आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु।’
प्रधानमन्त्रीविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न महामन्त्री शर्माकाे माग

काठमाडौं, चैत १४ : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा जेल चलान गरिएका तीन युवकलाई रिहा गर्न माग गरेका छन्। आज (मंगलबार) सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डलाई उल्लेख गरेर उनले ती युवाकहरूलाई रिहा गर्न माग गरेका हुन्।

‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन। प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुखद र आपत्तिजनक थियो!’ उनले ट्टिरमा लेखेका छन्, ‘आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु।’

यही चैत ७ गते ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलनसम्बन्धी सार्वजनिक समारोहमा जाँदै गर्दा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। त्यसक्रममा प्रहरीले उनीहरूको मुख थुनेको थियो।

जेल चलान हुनेमा सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का छन्। जिल्ला प्रशासन काठमाडौंलेले चैत १२ मा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए। धरौटी बुझाउन नसक्दा उनीहरू जेल चलान भएका थिए।

पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएपछि त्यसलाई लिएर चौतर्फी विरोध भएको थियो। त्यसबारे सदनमा समेत कुरा उठेको थियो।

प्रकाशित मिति: १२:३९ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्